धादिङ पहिरोमा हराएका अझै भेटिएनन्, खोजी कार्यकालागि सेना समेत परिचालन

धादिङको रुविभ्याली गाउपालिकाको तिप्लिङमा आज बिहान करिब साढे ७ बजेको समयमा गएको सुख्खा पहिरोमा परि बेपत्ता भएका तीन जना अझै फेला परेका छैनन् ।

सडक खन्ने क्रममा डोजरचालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय सहचालक राजु तामाङ र उनीहरुलाई सहयोग गरिरहेका स्थानीय २५ वर्षीय अनिश तामाङ वेपत्ता भएका थिए ।

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार बेपत्ता भएका उनिहरुको खोजी कार्य जारी छ । तिप्लिङमा नेपाली सेनाका मेजरको कमाण्डमा ३६ जना सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् । आज रात परेपछि खोजीकार्य स्थगित गरिएको र भोली बिहान ८ बजेबाट पुनः खोजी कार्य सुरु गरिने सिडिओ लम्सालको भनाई छ ।

उद्धार कार्यका २० जना सेना, ११ जना शसस्त्र प्रहरी र ५ जना जनपथ प्रहरी उद्धारका लागि घटनास्थलमा खटिएका छन् । उनीहरुलाई नेपाली सेना तथा निजी हेलिकोप्टरबाट घटनास्थलमा पठाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?