वैकल्पिक सिकाइबाट सहजीकरण गर्न भन्दै सैनामैनाले गर्यो परिपत्र

कोरोना महामारीको जोखिम बढ्दै गएपछि देशभरका अधिकांश विद्यालयहरु बन्द भएका छन् । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले महामारी बढेको भन्दै विद्यालय बन्द गर्न भनेपछि देशभरका अधिकांश विद्यालय बन्द भएका हुन् ।
मन्त्रालयको गत सोमबार बसेको बैठकबाट आइतबार सिसिएमसीले सिफारिस गरेअनुसार माघ १५ गतेसम्म विद्यालय बन्द गर्न भनिएको थियो । सोही अनुरुप हिजोबाट देशभरका सामुदायी तथा संस्थागत सबै प्रकारका विद्यालय बन्द भएका छन् । जसअन्र्तगत रुपन्देहीको सैनामैनामा पनि विद्यालय बन्द हुनेभएका छन् ।
आज सैनामैना नगरपालिकाको शिक्षा शाखाले नगरभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरु बन्द गर्न भन्दै परिपत्र गरेको छ । नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्र्रमुख हेमराज अर्यालद्धारा जारी परिपत्रमा सरकारको निर्णय पालना गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गरेर वैकल्पिक सिकाई प्रणालीबाट पठनपाठन गराउन भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?