कांग्रेस प्रदेश २ को निर्वाचन : रामसरोज यादव र कृष्ण यादवबीच कुटाकुट

जनकपुर ।

कांग्रेस प्रदेश २ को निर्वाचनका क्रममा कुटाकुट भएको छ। प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न ढिलो गरेपछि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादवबीच झडप भएको हो।

रामसरोज बिहीबार चुनाव गर्नुपर्ने पक्षमा छन् भने कृष्ण बुधबार नै निर्वाचन हुने पक्षमा उभिएका छन्। रामसरोज पक्षले गृहमन्त्री र कृष्ण यादव पक्षले रामसरोज यादव विरुद्ध नाराबाजी गरिरहेका छन्।

रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुन्। झडपका क्रममा कुर्सीसमेत तोडफोड भएको छ।

विवादकै कारण अन्य प्रदेशमा अधिवेशन सम्पन्न भए पनि यस प्रदेशमा हुन सकेको छैन। प्रदेश २ मा विभिन्न ७२ सिटका लागि १७४ जना उम्मेद्वार छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?