गृहमन्त्री खाँणले मतदान गरेर सुरु भयो लुम्बिनीको पहिलो अधिवेशन

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको प्रथम अधिवेशन
सुरु भएको छ।
भैरहवामा रहेको महेन्द्र सभागृहमा विहान ११ बजदेखि मतदान सुरुभएको हो ।
नेपाली कांग्रेसका केन्दिय सदस्य तथा नेपाल सरकारका गृह मन्त्री बाल कृष्ण खाणले पहिलो मतदान गर्नु भएको छ।
गृह मन्त्री रहनु भएका खाणले ११ बजेर १ मिनेटको समयमा मतदान गर्नु भएको हो ।
लामो समयसम्म सहमतिका लागि समय माग गरिए पनि सहमति नभएपछि लुम्बिनी प्रदेशमा सस्थापन र संस्थापन इतर दुवै समुहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन् ।
संस्थापन समूहबाट संघीय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापन ईतरबाट संविधानसभा सदस्य, रोल्पाका निर्वतमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यान खडा भएको छ ।
१२ जिल्ला रहेको रहेको लुम्बिनी प्रदेशमा ९ जिल्ला सभापतिले पुनलाई समर्थन गरेका छन् । बाँकी २ जिल्लाका सभापतिले शाहलाई सर्मथन गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?