नेपाली कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशन भोलीबाट भैरहवामा हुने

उमंगखबर,
काठमाण्डौं ।।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन जारी छ । महाधिवेशन अन्र्तगत वडा, पालिका तथा जिल्ला तहका अधिवेशनहरु सम्पन्न भएका छन् भने देशका केही जिल्लाका जिल्ला अधिवेशन जारी छन् ।
मुलुक प्रदेशको संरचनामा गइसकेपछि पहिलो पटक प्रदेशको महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसले भोलीबाट लुम्बिनी प्रदेशको महाधिवेशन सुरु गर्दै छ ।
भोलीबाट १९ गतेसम्म भैरहवाको महेन्द्र सभागृहमा हुन लागेको प्रदेश महाधिवेशनको उद्दघाटन भोली मध्यहान्न साढे १२ बजेको समयमा हुने बताइएको छ ।
नेपाली कांग्रेस केन्द्रिय निर्वाचनको तालिकाअनुसार भैरहवामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका गृह मन्त्री बाल कृष्ण खाणले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोसिले बताउनुभएको छ ।
जोसिका अनुसार १६ देखि १८ गते सम्म हुने लुम्बिनी प्रदेश निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते प्रदेशको अधिवेशन गरिने छ ।
प्रदेश भरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरि १५ सय ८५ जनाले मतदान गर्ने प्रदेश महाधिवेशनमा प्रदेश भरिका नेता तथा कार्यकर्ताहरु गरि ३ हजार बढिको सहभागिता रहने सचिवालय सदस्य ििशब प्रसाद गैरेले बताउनुभयो ।
गैरेका अनुसार बाहिरी जिल्लाबाट सहभागि हुन आउनेहरुको लागि खाने बस्ने,र सुत्नेको समेत व्यवस्था गरिएको छ भने रुपन्देही बासिन्दाका नेता तथा कार्यकर्ताहरुको लागि खानाको व्यवस्था गरिएको सचिवालय श्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?