नेपालद्धारा हङकङलाई १ सय ५ रनको लक्ष्य प्रस्तुत

काठमाण्डौं ।।
आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा आज नेपाली महिला क्रिकेट टोलीले हङकङले प्रतिष्पर्धा गरिरहेका छन् । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरु भएको खेलमा नेपालले हङकङलाई १ सय ५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याडिङ्गको निम्तो पाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा ओपनर कबिता कुँवरलाई शुन्य रनमा तथा सात ओभर पाँच बलको खेल सकिँदा २४ बल खेलेर ४ रन जोडेकी काजल श्रेष्ठलाई दोस्रो विकेटको रुपमा गुमाएको थियो ।
त्यसपश्चात सिता मगर र इन्दु बर्माले नेपाली टोलीलाई सम्हालेका थिए । उनिहरुले खेललाई अगाडी बढाउने क्रममा ७१ रनको साझेदारी गरे । तेस्रो विकेटका लागी सिताले ४० तथा इन्दुले ३१ रन जोडे । अन्तिम बल खेल्न मैदान उत्रेकी कप्तान रुविना क्षेत्रीले २ रन जोडिन् ।
उता, नेपाललाई सस्तैमा रोक्न हङकङकी क्यारी छन र आईक्यूर सहरले समान १ विकेट हात पारे । नेपालविरुद्ध जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रेको हङकङले अबको केही समयमा जवाफि ब्याटिङ्ग गर्दै छ । यता नेपाल भने हङकङलाई हराउँदै सुखद सुरुवात गर्ने उद्देश्यका साथ मैदान उत्रने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?