चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘एकै चोटी मारन ओए’ बजारमा

उमंगखबर संवाददाता,
काठमाण्डौं ।।

आधुनिक गीतसंगीत जगतका चर्चित गायक प्रमोद खरेलको स्वरमा एकै चोटी मारन ओए बोलको गीत बजारमा आएको छ । आज दिउँसो साढे तीन बजेको समयमा खरेलको स्वरमा सजिएको उक्त गीत पुरुशोत्तम पौडेल युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

उमंग म्युजिक प्रा लि ले बजारमा ल्याएको उक्त गीतमा प्रेमी जोडी बिछोडीएको बिषयलाई उठ्ठान गरिएको छ । गीतमा प्रेमीले बिछोडको पिणा सहन नसकेको र एकै चोटी मार किन पलपल मार्छौ भन्ने भाव झल्काईएको छ ।

चर्चित नायिका शिल्पा पोख्रेल र गायक तथा मोडल पुरुशोत्तम पौडेलको अभिनय रहेको गीतमा खल पात्रको भुमिका पत्रकार कृष्ण पहाडीले खेलेका छन् भने आमाको भुमिकामा रिता भट्टराई हुनुहुन्छ । गीतमा शिल्पा र पुरुशोत्तमको प्रेम सम्बन्ध रहेको र अन्तत शिल्पाको बिवाह जबरजस्ति कृष्णसँग भएको देखाइएको छ ।

शिब पौडेलको शब्द रहेको एकै चोटी मारन ओईको संगीत ऋषी खड्काले गरेका छन् । कमल सौरागको एरेन्ज रहेको गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका छन् । गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा भएको उत्पादक कम्पनी उमंग फिल्मस् नेपालले जनाएको छ ।

कपिल लामाको निर्देशन रहेको गीतको छयाङकन अजय रेग्मीले गरेका छन् । शिब पौडेलको सम्पादन रहेको गीतमा कलर तथा भिएफएक्स भने बिकास ज्ञवालीको रहेको छ । गीतको मिडिया संयोजनको जिम्मा मिडिया डबली र उमंगखबरले पाएका छन् ।

भिडियो :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?