श्रीमानले टाउकोमा बजाउँदा श्रीमती ठहरै

२१ कात्तिक, काठमाण्डौं ।

दाङमा श्रीमानले लाठी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको गढवा गाउँपालिका – ६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले लाठी प्रहार गर्दा ५० वर्षीया श्रीमती सुनिता रोकाको घटनास्थलमै मृत्यु भएको हो ।

घरायसी विवादमा दानबहादुरले लाठीले टाउको र घाँटीमा हिर्काउंदा सुनिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक सुनिता दानबहादुरकी कान्छी श्रीमती हुन् । घटनापछि दानबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?