कार्यवाहक प्रधानमन्त्री तथा  गृहमन्त्री खाँण भोलि गृहजिल्ला जाँदै

उमंगखबर संवाददाता, काठमाडौं ।।

प्रधानमन्त्री शेर बहादुर देउवा बेलायत भ्रमणमा रहेको समयमा प्रधानमन्त्रीको कार्यवाहक पद सम्हालेर बसेका नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँण भोलि गृहजिल्ला रूपन्देही जाने भएका छन् ।

भोलि बिहान करिब ८ बजेको समयमा मन्त्री खाँण रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध  विमानस्थलमा अवतरण गर्नेछ कार्यक्रम रहेको मन्त्रालय श्रोतले जनाएको छ । श्रोतका अनुसार मन्त्री खाँण तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मणिग्रामस्थित नीजि निवास पुगेर नेता तथा  कार्यकर्ता भेटघाट र नेपाली कांग्रेसको पार्टी प्रवेश गर्नेलाई स्वागत गर्ने  कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै, मन्त्री खाँणले मध्यहान्न करिब साढे १२ बजेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गौतमबुद्ध विमानस्थलमा बुद्धको मुर्ती अनावरण गर्ने कार्यक्रममा सहभागी हुने श्रोतको दावी छ ।

मन्त्रालय श्रोतका अनुसार  कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री खाँण भोलि नै काठमाडौं फर्कने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?