शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको स्वास्थ्यमा समस्गा देखिएपछि अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ भएकी मन्त्री झाँक्रीमा ज्वरो तथा निमोनियाका लक्षण देखा परेछि हिजो बेलुका अस्पताल भर्ना गरिएको मन्त्रालयका सहसचिव बिष्णुप्रसाद शर्माले बताउनुभएको छ ।
आज सञ्चारकर्मीहरुलाई जानकारी गराउँदै शर्माले मन्त्री सहित उहाँका सचिब रमेश प्रसाद सिंहको स्वास्थ्यमा समेत समस्या देखिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि केहीदिन देखि मन्त्रीसँगको भेटघाटमा रोक लगाइएको मन्त्रालय श्रोतले जनाएको छ ।
हाल मन्त्री झाँक्रीको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेको सहसचिब शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?