समिक्षा पल विवाह सम्झौता विवाद : मिडियालाई काउन्टर एट्याक नगर्न समिक्षाको आग्रह

पछिल्लो समय गायिका समिक्षा अधिकारी र नायक पल शाहको सम्बन्ध बारे कैयौं टिकाटिप्पणी हुँदै आएका छन् । नायक शाहले गायिका अधिकारीसँग विवाह गर्ने सम्झौता गरेको भन्दै विभिन्न सञ्चार माध्यममा खबर छापिएपछि विवाद चुलिएको हो । अधिकारीले हिजो बेलुका आफ्नो र शाहको बिचमा कुनै सम्झौता नभएको बताउँदै हल्लाको भरमा कपोलकल्पित समाचारहरु नबनाईदिन सामाजिक सञ्जाल फेसबुक मार्फत आग्रह गरेकी हुन् ।
गायिका अधिकारीले मिडियाले हावा तालमा समाचार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजेको बताएकी छन् । पल र समिक्षा बीच अनैतिक सम्बन्ध रहेको र २ बर्ष भित्र बिहे गर्नु पर्ने भन्दै एक मिडियाबाट आएको समाचार पछि यी जोडीलाई लिएर दर्शकले बिभिन्न अड्कलबाजी गरिरहेको खुलेको छ ।
यसो त समिक्षाले आफुलाई मिडियाले बदनाम गर्न खोजेको र पल साह माथी झन् असर पर्ने काम गरेको भन्दै आक्रोशित भएकी छिन। उनले आफु र पल बीच कुनै अनैतिक सम्बन्ध न रहेको समेत फेसबुकको स्टाटसमा लेखेकी छिन ।
अधिकारीले “पल शाह मेरो अभिभाबक हुन् भन्दै यस्ता गलत प्रचार गर्नेहरुको पछि नलाग्न आफ्नो दर्शकलाई अनुरोध पनि गरेकी छिन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?