रोहिङ्ग्या शरणार्थी शिविरमा आक्रमण,सात जनाको ज्यान गयो

काठमाण्डाै ।

बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

बालुखली रोहिङ्ग्या शिविरको पाठशालामा आक्रमणकारीले केहीलाई गोली र केहीलाई चक्कु प्रहार गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ । चार जनाको घटनास्थलमै र अरु तीन जनाको उपचारका क्रममा ज्यान गएको खबरमा उल्लेख छ । घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मानव अधिकारवादी समूहले घटनाको पूर्ण छानबिन गर्न माग गरेका छन् । तीन हप्ता पहिले रोहिङ्ग्या समुदायका एक नेताको उनकै कार्यालय अगाडि गोली हानी हत्या भएको थियो । त्यसयता म्यानमारबाट आएका ९ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीको बसोबास रहेको बङ्गलादेशी शिविर तनावपूर्ण अवस्थामा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?