बंगलादेशसँग बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।
बंगलादेशले खेलको ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि नेपालका तर्फबाट पेनाल्टीमार्फत अञ्जन बिष्टले गोल गरेपछि नेपाल एतिहासिक रुपमा फाइनल प्रवेश गरेको हो । बंगलादेशी खेलाडी सुमन रेज्जाले हेडमार्फत नेपाली गोल पोस्टमा पहिलो गोल गरेका थिए ।
नेपाली समयअनुसार पौने पाँच माल्दिभ्सको माले रंगशालामा खेल सुरु भएको थियो । नेपालले जित निकाल्न नसकेपनि अंक तालिकाका आधारमा नेपालले पहिलो पटक साफको फाइनल खेल्ने भएको हो ।
त्यस्तै, फाइनलमा अब नेपालसँग शनिबार भारत र माल्दिभ्स मध्ये एक टोली हुने छ । फाइनल खेल्ने अर्को टोलीको टुङ्गो आजै लाग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?