साफ च्याम्पियनसिप:नेपालविरुद्ध बंगलादेशले लियो १–० को अग्रता

माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल विरुद्ध बंगलादेशले अग्रता लिएको छ ।

खेलको ८ औं मिनेटमा बंगलादेशी खेलाडी सुमन रेज्जाले हेडमार्फत नेपाली गोल पोस्टमा पहिलो गोल गरेका हुन् ।

नेपाली समयअनुसार केही बेर अघि माल्दिभ्सको माले रंगशालामा खेल सुरु भएको हो ।

साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि बंगलादेशले जित्नै पर्ने दवाब छ भने नेपालले बराबरी खेल्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?