मुगु बस दुर्घटना अपडेट : २४ को मृत्यु, १५ घाइते

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जनाको मत्यु भएको छ ।

१५ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?