मोतीपुर औद्योगिक क्षेत्रमा चल्यो गोली,अवस्था तनावपूर्ण

बुटवल ।

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका जनता र सुरक्षाकर्मीहरु बीच झडप हुँदा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले बताए । भीडलाई तितर–बितर पार्न प्रहरीले गोली चलाउँदा २ जना व्यक्ति घाइते भएका छन् । अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच भएको भएको थियो ।

अवस्था अहिले पनि तनावपूर्ण रहेको छ । सुरक्षाकर्मीले आज बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयहरुको पनि बाक्लो उपस्थिति रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले अहिले घटना स्थलमै भएको बताए । घटनाका बारेमा पूरा विवरण संकलन हुन अझै बाँकी रहेकाे उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?