सगमना म्यूजिकले ल्यायो दशैं तिहार बिषेश गीत बजारमा

सगमना म्यूजिकले दशैं तिहार बिषेश गीत बजारमा ल्याएको छ । हिजो सगमना म्यूजिकको अफिसियल युटुव च्यानल मार्फत गीत बजारमा आएको हो । अरु भन्दा फरक तरिकाले बनाईएको गीतमा चाडवाडको समयमा हुने विकृती विसंगतीहरुको बारेमा सचेत समेत बनाइएको छ ।

चाडबाडको समयमा जुवाँ तास खेल्ने लगायतका कार्य नर्गन आग्रह गरिएको गीतमा सबैको दशैं तिहार हासो र खुसीमय बनोस भनिएको छ ।
सागर धिमालको स्वर तथा रचना रहेको उक्त गीतको शिर्षक नै हर्षमय राखीएको छ । हरि गजुरेलको शब्द, सरोज बिष्टको एरेन्ज रहेको गीतको रेकर्डिङ भने किंग स्टुडियोमा गरिएको हो ।

गीतमा सागर धिमाल, हरि गजुरेल, राजेश खत्री, सुदिप अधिकारी, नवराज बुढा, सुवास धिमाल, बिशाल काफ्ले, माइकल घिसिङ, सोहन माझी, मनिष बस्नेत, ओम बुढाथोकी, दिपेन्द्र दहाल, अर्जुन तामाङ, पीबल्याक तामाङ, स्वरुप आचार्यलाई देख्न सकिन्छ ।

राम तामाङको निर्देशन रहेको हर्षमयमा अनिश तिमिल्शीनाको छयाङ्कन तथा अभिषेक राजोपाध्यायको भिडियो सम्पादन तथा कलर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?