आशिर प्रताप जंग र अञ्जली अधिकारीको अभिनयमा मौरी घारामा

उमंगखबर,
काठमाण्डौं ।।

चर्चित मोडल आशिर प्रताप जंग र अञ्जली अधिकारीको अभिनयमा मौरी घारामा बजारमा आएको छ । मौरी घारामा तिमीलाई मैले माया गर्छु मेरै पारामा जस्ता प्रेम भाव झल्काउने शब्द प्रयोग गरिएको उक्त गीतलाई हिजो हर्टबिट नेपालले बजारमा ल्याएको हो ।

गीतमा चर्चित लोक तथा दोहोरी गायीका शान्तिश्री परियार र गायक तेजश रेग्मीको स्वर रहेको उत्पादक कम्पनी जनता डिजिटल फिल्मस्ले बताएको छ । गीतमा शब्द तथा संगीत गायक रेग्मी आफैको रहेको छ ।
वान डि वी एचडी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको अडियो तथा भिडियो भने हर्टबिट नेपालले गरेको हो । एचबिएन किस्मतको एरेन्ज तथा अडियो सम्पादन रहेको गीतको भिडियो सम्पादन तथा कलर भने अमृत चापागाईले गरेका हुन् ।

मौसम हिमालीको निर्देशन रहेको मौरी घारमाको छयाङ्कन बुद्ध थापाले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?