साफ च्याम्पियनसिप : श्रीलंकामाथी नेपालको सानदार जित

काठमाडौँ ।  साफ च्याम्पियनसिप-२०२१ मा सोमबार नेपालले श्रीलंकालाई ३-२ ले हराएको छ । माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा भएको खेलको ३३औं मिनेटमा सुमन लामाले नेपालका लागि पहिलो गोल गरेका थिए ।

त्यस्तै खेलको ५१औं मिनेटमा अन्जन विष्टले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । श्रीलंकाका लागि भने ५७औं मिनेटमा मरविन ह्यामिल्टनले उत्कृष्ट गोल गरेका थिए । नेपालका लागि ८६औं मिनेटमा आयुष घलानले तेस्रो गोल गरेका थिए । श्रीलंकाका लागि इन्ज्युरी समयमा डिलोन डि सिल्भाले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई पराजित गरेको थियो । त्यसमा मनीष डाँगीले गोल गरेका थिए ।

सोमबारको जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेशविरुद्धको उद्घाटन खेलमा पराजित श्रीलंका शून्य अंकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?