नवकला संगीतले बजारमा ल्यायो बोर्डर सुनौली

सन्तोस चुँदारा र संगिता बिसीको आवाजमा बोर्डर सुनौली बजारमा आएको छ । आज नवकला संगीत प्रा लिको अफिसियल युटुव च्यानल नवकला संगीत मार्फत उक्त गीत बजारमा आएको हो । गीतमा लाहुरबाट फर्केका लाहुरेदाई र उनकी प्रेमीकाको बिचमा भएको भलाकुसारीलाई प्रस्तुत गरिएको छ ।

हजुरबुवालाई लाहुरेको घरमा खसि काटेका छन भन्ने झुट बोलेर दोहोरी खेल्न गएकी लाहुरेकी प्रेमीका र लाहुरेबिच भएको भलाकुसारीलाई दोहोरीमार्फत प्रस्तुत गरिएको उत्पादक कम्पनी उमंग फिल्मस् नेपालले जनाएको छ ।

गीतमा अञ्जली अधिकारी, अर्जुन कुँवर पितृ बुढो, दिपक कार्की पाल्पाली, विश्वास परियार,सन्तोस चुँदारा, निर्मला हिताङ र मुना विश्वकर्माको अभिनय रहेको छ । सन्तोस चुँदाराकै शब्द तथा संगीत रहेको उक्त गीतमा तिलक ओलीको एरेन्ज, महेश विक्रम पाण्डेको अडियो सम्पादन, सुरेश श्रेष्ठको छयाङ्कन रहेको छ ।

स्मृती तिमिल्सिना गुरुआमाको निर्देशन रहेको गीतको रेकर्डिङ भने पुनम रेकर्डिङ स्टुडियोमा भएको थियो । गीतको अडियो भिडियो भने नवकला संगीत प्रा लिले गरेको हो । गीतमा दृश्य सम्पादन तथा कलर शिब पौडेलको रहेको छ ।

भिडियो : 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?