साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकाको सामना गर्दै

शुक्रकारदेखि माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै गर्दै छ । लिग चरण अन्र्तगत नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्धन्दी श्रीलंकाको सामना गर्ने भएको हो ।

पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई एक शून्य गोल अन्तरले हAराएको नेपाल आज पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइएको छ ।

खेल नेपाली समयअनुसार बेलुका पौने दश बजे सुरु हुने छ । खेल माल्दिभ्सको मालेस्थित माल्दिभ्स नेश्नल स्टेडियमा हुँदै छ । पहिलो खेलमा नेपालको जितकालागि डिफेन्डर मनिष डाँगीले गोल गरेका थिए ।

नेपाल भर्सेज श्रीलंका हेड टु हेड :
कुल खेल : १७
नेपालको जित : ३
श्रीलंकाको जित : ६
बराबरी खेल : ८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?