सिडियो सापको आदेश टुप्पो न फेद, सवारी साधन र सावर्जनिक कार्यक्रममा पेलालेल

उमंगखबर,
काठमाण्डौं ।।
केहीदिन अघि काठमाण्डौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्धारा चाडपर्व लक्षित विशेष आदेश जारी भयो । आदेश जारी भएको केही समय नबित्दै आदेश पूर्णरुपमा कार्यान्वयनमा आउने हो या होइन भन्ने जिज्ञासा काठमाण्डौं वासीलाई मात्र नभई उपत्यकावासी सबैलाई भयो । तर, प्रजिअ रिजालको आदेश कार्यान्वयनमा आउन नपाउँदै गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो स्वास्थ्य मापदण्ड पालना गरेर सावर्जनिक सभा समारोहमा सहभागी हुन बन्देज गरिएको छैन् ।

सुरुवाती चरणबाटै फेल खाँदै आएको सिडियो सापको आदेशको आज त झन बिजोग भएको छ । एकातर्फ नेकपा एमालेको विधान अधिवेशन तथा अर्को तर्फ सवारी साधनमा देखिएको अत्याधिक भिडले जिल्ला प्रशासनले आदेश जारी गर्ने तर कार्यान्वयनमा ल्याउन नसक्ने गरेका गुनासा बढ्दै गएका छन् ।

प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेश एमालेको विधान अधिवेशन रोक्न जारी भएको हल्ला बाहिरिए पछि मन्त्रालयले आदेश कुल्चेको पनि बताउँदै आइएको छ । यसो त चाडपर्वको समयमा कोरोना महामारी बढ्ने भन्दै प्रशासनले आदेश जारी गरेको रिजालले बताएका छन् ।

रिजालका अनुसार सवारी साधनमा सिट संख्या भन्दा बढी यात्रु राख्न नपनउने बताइएको थियो । उनले जारी गरेको आदेशलाई हेर्ने हो भने आज अधिकाशं सवारी साधनमा सिट संख्याको दोब्बर संख्यामा यात्रु देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?