जन्मदिनको अवसर पारेर नेत्र प्रसाद काफ्ले ल्याए चरि नाचेको

चर्चित लोक तथा दोहोरी गायक नेत्र प्रसाद काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर चरि नाचेको बोलको गीत बजारमा ल्याएका छन् । काफ्लेको स्वर तथा शब्द रहेको गीत आज उनको जन्मदिन पारेर बिहान बजारमा ल्याइएको बताइएको छ ।

उमंग म्यूजिक प्रा.लि को पोष्ट प्रोडक्शन रहेको गीतमा महिला तर्फ लक्ष्मी खड्काले आवाज दिएकी छन् । गीतमा लय चर्चित लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले दिएका छन् । त्यस्तै, मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा कमल सौरागको एरेन्ज, कुमार रानाको रेकर्ड तथा अडियो सम्पादन रहेको छ ।

भिडियो तर्फ बिक्रम चौहानको निर्देशन रहेको चरि नाचेको बोलको गीतमा सुरेन्द्र कुमार दहाल तथा समारिका ढकालको अभिनय रहेको छ । गीतको भिडियो छयाङकन सुरेश श्रेष्ठ तथा ड्रोन छयाङकन सन्तोस महराले गरेको उत्पादक कम्पनी उमंग फिल्मस् प्रा लि ले बताएको छ ।
गीतमा भिडियो सम्पादन तथा कलर भने शिब पौडेलको रहेको र मेकप रोशन भुषालले गरेको बताइएको छ । गीतमा मिडिया पार्टनरको भूमिका भने चर्चित अनलाईनहरु मिडिया डबली र उमंग खबरलाई दिइएको छ ।

गीतलाई उमंगखबरको तर्फबाट सफलताको शुभकामना साथै गायक तथा शब्दकार नेत्र प्रसाद काफ्लेलाई पनि जन्मदिनको अनगिन्ति शुभकामना ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?