ढुंगा लागेर छोराको मृत्यु, बाबुआमा घाइते

जाजरकोट, २१ भदौ ।

पहिरो खसेको ढुंगा लागेर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका- ५ मा ढारसिर्केमा घरमा बसेको समयमा ढुंगा लागेर १० वर्षीय प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ढुंगा लागेर बालकका बुबा ४६ वर्षीय गोरखबहादुर खड्का र उनको श्रीमती ३५ वर्षीया शिला खड्का घाइते भएका छन् । घाइतेको दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुतिरहेको समयमा बिहान करिब ३ बजे घरमाथि ढुंगा खसेर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?