भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन

भारतीय अभिनेता सिद्धार्थ शुक्लाको ४० बर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम आज तकले प्रशारण गरेको रिर्पोटका अनुसार हृदयघातका कारण शुक्लाको निधन भएको बताइएको छ ।

हिजो बेलुकासम्म ठिक रहेका उनको आज बिहान नउठेपछि अस्पताल लैजाने बित्तिकै उनको मृत्यु भएको घोषणा गरिएको रिर्पोटमा बताइएको छ । बालिका बधु, बिग बोस लगायतका कार्यक्रमबाट चर्चा कमाएका शुक्लाले मोडल हुदै सिनेमा क्षेत्रमा प्रवेश गरेको बताइएको छ ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?