भानु नगरपालिकामा आज सार्वजनिक बिदा

काठमाण्डाै ।

भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजानिक बिदा दिएको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।

विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिएका भानुभक्तको १९२५ साल असोज ६ गते निधन भएको थियो । भानु जयन्ती सप्ताहव्यापी रूपमा मनाउँदै आएकोमा यस वर्ष कोरोना सङ्क्रमण जोखिमका कारण एक दिन मात्रै मनाइने भएको छ । भानु नगरपालिका–४ चुँदीरम्घा बेसीमा भानुजन्मस्थल विकास समितिको कार्यालयमा आज श्रद्धाञ्जली तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?