एक सिटी फुक्नासाथ लाखौ मान्छे सडकमा उत्रिसक्थे तर : प्रदिप ज्ञवाली

६ महिनाको अवधिमा दोस्रो पटक संसद विघटन भएपछि विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् । कानुनी लडाइँ सर्वोच्च अदालतमा पुगिसके पनि राजनीतिक रुपमा गर्ने भनिएको संघर्षको खाका बनाउन दलहरुले सकेका छैनन् ।

 

विपक्षी गठबन्धनका नेताहरुले संसद विघटनविरुद्ध मोर्चा बन्नु नै तत्कालको राजनीतिक लडाइँको उपलब्धि मानेका छन् । सडक संघर्षबाटै प्रतिवाद गर्न आफूहरु सक्षम रहेको भन्दै, माधव नेपाल पक्षीय नेता ज्ञवालीले भने, ‘नत्र हामीले एक सिटी फुक्नासाथ लाखौं मान्छे सडकमा उत्रिसक्थे । त्यो खालको संरचना, पार्टी कार्यकर्ता, समर्थक, शुभेच्छुकहरु हामीसँग छन् । तर अहिले संयमित हुने बेला छ ।’

सरकारको गलत कामको प्रतिवाद गर्न सबै शक्तिलाई एकै ठाउँमा ल्याउन प्रयास जारी राख्ने उनले बताए । सरकारको गलत प्रवृत्तिविरुद्धको लडाइँमा सकारात्मक परिणाम निस्कनेमा ज्ञवाली विश्वस्त देखिन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?