जनतालाई खान र बाच्नको पिर नेतालाई “कुर्सी” समात्ने चटारो

शिब अधिकारी
काठमाण्डौं ।।

कोरोना महामारीको जोखिम बढ्दो छ । गत बैसाख देखि उकालो लागेको महामारीमा अझै लगाम लाग्न सकेको छैन् । महामारीका कारण दोस्रो लहरमा नै कयौँले ज्यान गुमाइसकेका छन् भने दैनिक ८ हजार बढिमा संक्रमण लफेला पर्ने गरेको छ ।
तर, महामारीको समयमा सर्वसाधरणले अक्सिजन लगायतका स्वास्थ्य सामाग्री मागिरहँदा सरकार भने सत्ताको प्राप्तीको दौडमा लागे छ । अर्थात महामारी विरुद्ध सचेत छैन्, आँखा चिम्लेर बसेको छ । पछिल्लो राजनितिक घटना क्रमलाई मध्यनजर गर्ने हो भने महामारीको दोस्रो लहरलाई आमन्त्रित गर्ने नै सरकार हो । पहिलो लहरको लकडाउनको समयमा भएको रानितिक उतलपुथलका कारण भएका आन्दोलन, नाराबाजी, आमसभा लगायतलाई पनि महामारी भित्रनुको प्रमुख कारण मान्न सकिने बताइन्छ ।
त्यस्तै, खुल्ला सिमाना हुनु पनि महामारी भित्रनुको प्रमुख कारण हो । अहिले अस्पतालहरुले बिरामी उपचार गर्न सक्दैनौ भनेर हात उठाएको समयमा देशका जिम्मेवार मानिने राजनितिक दलका नेताहरु मत्र नभई स्वयम सरकार नै कुर्सिको दम्भमा दौडेको पछिल्ला केही राजनितिक घटनाक्रमले प्रष्ट पारेको छ ।
म्हामारीको समयमा बिरामीले एम्बुलेन्स,अक्सिजन,अस्पतालमा बेड तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउनुको सट्टा सरकारको कुर्सिवादी प्रवृत्तीले हजारौँको ज्यान जोखिममा रहेको देख्न सकिन्छ । सरकारको आश र भरोसामा बस्ने हो भने महामारीका कारण नभई हाहाकारका कारण ज्यान जाने अवस्था सिर्जना भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?