विवाहमा लाग्ने खर्च कोरोना पीडितलाई दिँदै सलोनी

एजेन्सी। फिल्म ‘चिकन मसाला और कोल्ड लस्सी’सहित केही टिभी-शो गरेकी बलिउड अभिनेत्री सलोनी खन्नाले आफ्नो विवाहमा खर्च हुने रकम कोरोनापीडितलाई सहयोग गर्ने बताएकी छिन्। सलोनीले एक भारतीय अनलाइन पोर्टलमा अन्‍तर्वार्ता दिने क्रममा आफ्नो विवाहमा लाग्ने खर्च कोरोना पीडितलाई दिने बताएकी हुन्।सलोनीले मे ५ मा विराज पटेलसँग कोर्ट म्यारिज गरेकी थिइन्।सलोनीले अन्‍तर्वार्तामा विवाह खर्च कोरोना पीडितलाई दिने निर्णय दुवैको भएको बताइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?